0
Shares
काठमाडौं । अनसनरत डा निकोलश भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका उनीहरूसँग आज सम्झौता भएको हो ।
सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् । उनीहरूले सरकारले जेनजीको माग सम्बोधन नगरेको भन्दै राजीनामा मागेका थिए ।
सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ । सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ ।
जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने जस्ता माग राख्दै उनीहरू अनसनमा बसेका थिए ।