नेकपाको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा प्रचण्ड र माधवलाई

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिइएको छ ।

नेकपाले एकता प्रक्रियामा आएका सबै घटकलाई मिलाउने र निर्वाचन आयोगले दिएको मापदण्ड बमोजिम उम्मेदवार छनोट गर्ने जिम्मा प्रचण्ड र नेपाललाई दिएको नेता शक्ति बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार केहि जिल्ला बाहेक सबै ठाउँबाट उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको र त्यसलाई अन्तिम रूप दिएर भोलि निर्वाचन आयोगमा बन्दसूची बुझाउने बताए ।

 

सम्बन्धित समाचार