काठमाडौँबाट चुनाव नलड्ने मनस्थितिमा बालेन, झापामा गएर ओलीसँग लड्लान् ?

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको सहमतिसँगै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका काठमाडौँ महानगरका मेयर बालेन शाह काठमाडौँबाट भने चुनाव नलड्ने भएका छन्।

देशका विभिन्न भागबाट चुनाव लड्ने चर्चा चलेको भए पनि उनी आफूले मेयर जितेको क्षेत्र काठमाडौँबाट भने प्रतिनिधि सभाको चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन्।

बालेन निकट स्रोतका अनुसार उनी काठमाडौँ बाहेकको क्षेत्रमा गएर चुनावमा लड्ने मनस्थितिमा छन् तर कुन क्षेत्रबाट भन्ने टुंगो लागि सकेको छैन्।

बालेन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ मा गएर चुनाव लड्ने भन्ने चर्चा पनि छ। तर, उनका निकटवर्तीहरू त्यसमा टुंगो लागि नसकेको बताउँछन्।

 

सम्बन्धित समाचार