कुलमानको उज्यालो नेपाल र जनार्दनको प्रलोपा पार्टीबीच एकता हुँदै

0 Shares

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताको तयारी भइरहेको छ। दुवै दलको कार्यदलबीच अहिले छलफल चलिरहेको बताइएको छ ।

स्रोतका अनुसार बालुवाटारमा उक्त दुई दलका प्रतिनिधिबीच आजै दुई चरणमा छलफल भएको छ भने अहिले पुनः अर्को चरणको छलफलमा बसेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) सँग सहमति हुन नकेस पनि घिसिङले प्रगतिशील पार्टीसँग एकताका लागि कसरत थालेका हुन्।

यसअघि विभिन्न चिरणमा छलफल भए पनि लामिछाने र साहबीच सहमति हुँदा घिसिङ अलग भएका थिए। लामिछाने र साहबीच आजै बिहान सहमति भएको थियो।

सम्बन्धित समाचार