0
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच शीतल निवासमा भेटवार्ता भएका छन् । उनीहरू शनिबार बिहान करिब एक घण्टा भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए । उनले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
यसअघि राष्ट्रपति पौडेलले अर्का पूर्वप्रधानमन्त्री माधव नेपालसँग भेटवार्ता गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् ।
दुवै भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो ।