गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्।

२०७९ को प्रतिनिधि सभा चुनावमा उनी नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका थिए। यसपालि प्रचण्डको नाम गोरखा २ बाट सिफारिस गरिएको छैन।

गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी गोरखाले जनाएको छ।

संयोजक प्रचण्ड यसपालि गोरखा १ बाट सिफारिसमा परेका छन्। गोरखा १ बाट पनि उनको नाम एकल सिफारिसमा परेको छैन। गोरखा १ बाट प्रचण्ड, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिसमा परेको हो।

संयोजक प्रचण्ड कहाँबाट चुनाव लड्ने यकिन भइसकेको छैन। कास्की, सुनसरीलगायत जिल्लाबाट पनि उनको नाम उम्मेदवारमा सिफारिसमा परेको छ।

नेकपा गोरखाले बुधबार उम्मेदरवारहरूको नाम सिफारिस गरेको हो।

सम्बन्धित समाचार