सिन्धुपाल्चोकबाट सापकोटा र दुलालको नाम सिफारिस

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको आज खाडीचौरमा बसेको १ नं क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको हो ।

सापकोटाले विघटित प्रतिनिधि सभाको सांसद् हुन् । उनले अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट जितेका थिए ।

यस्तै, २ नम्बर क्षेत्रमा युवराज दुलालको नाम सिफारिस गरेको हो। २ नम्बर क्षेत्रमा सिफारिस भएका दुलाल बागमती प्रदेशसभाका सांसद हुन् । नेकपाले समानुपातिक र राष्ट्रियसभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ।

सम्बन्धित समाचार