काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि वैकल्पिक शक्ति निर्माण गर्न तीव्र गतिम छलफलमा सुरु भएको छ ।
छलफलमा राष्ट्रिय स्वष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहदेखि नेपाली कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चित सुदन गुरुङ छलफलमा जुटेका छन् । उनीहरू कुपेण्डोलस्थित कुमार बेनको घरमा छलफल गर्ने भएका हुन् ।
वैकल्पिक शक्तिको अभियान चलाउँदै गत निर्वाचनमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी छन् । छलफलमा असिम शाह, गणेश कार्कीसमेत पुगेका छन् ।
यसअघि सोमबार राति रवि र बालेन लामो छलफल गरी एउटै गाडीमा बाहिरिएका थिए । छलफलमा यस पटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले गर्ने चर्चा बाहिरिएको थियो ।
बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।