0
Shares
काठमाडौं । बंगलादेशमा जारी अण्डर १९ भलिबल प्रतियोगिताअन्तर्गतको सेमिफाइनल खेलमा नेपाली टोली विजयी भएको छ । नेपालले बंगलादेशको (बी) टोलीलाई ३-० को सोझो सेटमा हराएको हो ।
नेपाली टोलीले २५-१६, २५-२१ र २५-२१ सेटको जितसँगै फाइनल प्रवेश गरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगितामा नेपालले यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
नेपाली टोलीमा खेलाडीतर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशी पुलामी मगर र भुवन तामाङ छन् ।
त्यसैगरी टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर छन् ।