0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर दुई लाख ५८ हजार ४०० रुपैयाँ पुगेका हुन् ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा चार हजार ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार चार हजार ५ रुपैयाँ कायम भएको भनाइ छ ।