0
Shares
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सानदार जित निकालेको छ । चेन्नईले हैदरावादलाई ७८ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको हैदरावाद १८.५ ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाउन सक्यो । यसअघि चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
यो जितपछि चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १० खेलमा पाँच जित र चार हारसहित १० अंक भएको छ ।
त्यस्तै, नौ खेलमा पाँच जित र चार हारसहित १० अंक नै रहेको हैदरावाद चौथो स्थानमा झरेको छ ।