गुण्डुमा ओलीको रक्षा गरेका महेशलाई सचिव उपहार

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ११ औँ महाधिवेसनमा अध्यक्षको प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । ओली प्यानलबाट पार्टी पोलिटब्यूरो सदस्य महेश बस्नेत सचिव पदको उमेदवारमा अटाएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवटारबाटै भैरवनाथ गण पुगेर ज्यान जोगाएका थिए । जेनजी आन्दोलनमा ७६जनाको ज्यान गएपछि ओली भैरवनाथ गणमा असुरक्षित महशुस गरेपछि मकवानपुरको सिस्नेमा रहेको सेनाको क्याम्पसमा पुगेर ज्यान जोगाएका थिए । अझै ओली काठमाडौं उपत्यका बाहिरका कार्यक्रममा जानै सकेका छैनन् । भक्तपुरको बालकोटमा रहेको ओलीको घर जलेर खरानी भएपछि घरबारहिन र राजनीतिक रुपमा कतै निस्किने अवस्था नभएकाबेला पार्टी पोलिटब्यूरो सदस्य बस्नेतले रक्षा गरेर उनलाई जोगाए राखेका थिए ।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले ओलीलाई पटक पटक पक्राउ गर्ने प्रयास गर्दा समेत बस्नेत ढाल बनेर उनको पक्षमा उभिए । ओलीलाई बस्नेतले गुण्डुमै बस्ने बासको व्यवस्था मिलाउनुका साथै ओली गुटी बनाउने तयारी समेत थालिसकेका छन् ।

पार्टीका कार्यक्रम होस् वा बैठक प्राय बस्नेतले गुण्डुमै राखेर ओलीको रक्षाकज बनेर उभिए । ओलीले गुण्डुबाटै जेनजी विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै विस्तारै आफ्नोपक्षमा माहोल ल्याउन सफल समेत भएका थिए । त्यसमा बस्नेतले ओलीको कद्ममा एकपछि अर्को गर्दै साथ दिएर रक्षा गरेपछि ओलीले महाधिवेशनमा सचिवको उमेदवार बनाएर पुरस्कृत गरेका छन् ।

बस्नेतले तत्कालीन माओवादी भातृ सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)सँग भेटेर संगठन बलियो बनाएपछि बस्नेतलाई ओलीले उद्योग मन्त्री बनाएर पुरस्कृत गरेका थिए ।ओलीकै आर्शिवादले एमाले माओवादी गठबन्धन हुँदा बस्नेत २०७४ सालको निर्वाचन भक्तपुर २ बाट चुनाव जितेका थिए ।

जेनजी आन्दोलनमा बस्नेतले ओलीलाई पार्टीमै जोगाएर अध्यक्ष बनाएमा बस्नेतको राजनीति भविष्य राम्रो हुनुका साथै आगामी सांसद र मन्त्री पक्क हुने नेता कार्यकर्ता बताउँछन् ।

सम्बन्धित समाचार