एमालेका चार नेताले सक्रिय राजनीतिमाबाट विदा लिए

0 Shares

काठमाडौं । नेकपा एमालेबाट चार नेताले सक्रिय राजनीतिबाट विदा लिएका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेका हुन् ।

एमाले उपाध्यक्ष ज्ञवाली र शाक्यले आइतबार बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी पदाधिकारी र चुनाव नलड्ने घोषणा गरेको पार्टी नेता महेश बस्नेतले जानकारी दिए । यस्तै एमाले केन्द्रीय सदस्य एवम् पूर्व सांसद थापा र पूर्व सांसद तथा पूर्व मन्त्री दलबहादुर रानाले यसअघि राजनीतिबाट विदा लिएको घोषणा गरेका थिए । पारिवारिक र स्वास्थ्यका कारण राजनीतिमा सक्रिय नहुने दुई नेताले बताएका थिए ।

ज्ञवाली २०५६ सालको निर्वाचनमा दाङबाट निर्वाचित हुनुका साथै पूर्वमन्त्री समेत हुन । शाक्य पूर्व मुख्यमन्त्री, मन्त्री र सांसदको समेत जिम्मेवारी पुरा गरेकी थिइन । राना समेत पूर्व मन्त्री र पाल्पाबाट यसअघि निर्वाचित सांसद हुन् । थापा भने २०७४ सालको म्याग्दीबाट निर्वाचित सांसद मात्रै हुन् ।

सम्बन्धित समाचार