कोहलपुर । बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र रहेका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सिपमूलक तालिम प्रदान गरिएको छ । सिपमूलक तालिम लिएका युवाहरु स्वरोजगारतर्फ उन्मुख भएका छन् ।
बाँके राष्ट्रिय निकुन्ज, जेडएसएल नेपालको आर्थिक सहयोमा संरक्षण साझेदार संस्था इन्डेक बाँकेले ३९० घन्टा तालिम प्रदान गरेको थियो ।
मध्यवर्ती क्षेत्रका युवाहरुलाई जंगलको परनिर्भता कम गर्दै आयआर्जनमा जोड्ने अभिप्रयाले युवाहरुले सिपमूलक तालिम दिएको हो।
तालिमबाट युवाहरूले हाउस वाइरिङ, प्लम्बिङ्ग, मोबाइल मर्मत, इलेक्टिसियन, प्रकृति पथ प्रर्दशक र डाइभिङ तालिम प्रदान गरेसँगै अहिले उनीहरु आत्मनिर्भर हुँदै स्वरोजगारतर्फ उन्मुख भएको बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलले बताए ।
तालिम पाएपछि आफूले गरेको तालिमलाई पूर्व रुपमा प्रयोगमा ल्याउँदै आयआर्जन गर्न सकेको कालिमाटी गाउँपालिका ७ धुइयावारीका हेमराज बुढा क्षेत्रीले बताए । उनले प्लम्बिङको तालिम लिएपछि अहिले आफूले दुई चार जनालाई काम दिँदै कोहलपुर क्षेत्रमा काम गर्दै आएको बताए ।
पहिले तालिम नहुँदा गाउँ घरमा बरालिएर बस्दै आउनुपरेको उनको भनाइ छ । निकुन्ज भएकै कारण आफूले यस्तो अवसर पाएर स्वदेशमै स्वरोजगार हुन सफल भएकोमा बाँके राष्ट्रिय निकुन्ज र सहयोग गर्ने संस्थाहरुले गरेको यो कार्यले आफ्नो जीवनमा आर्थिक परिर्वतन आएको भन्दै धन्यवाद दिए ।
बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र रहेका ठूलो संख्यामा युवाहरुले विभिन्न तालिम लिएर आय आर्जनतर्फ उन्मुख हुन थालेको भन्दै बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले खुसी व्यक्त गरे ।
अब मध्यवर्ती क्षेत्रका नागरिकलाई विस्तारै संरक्षणसँगै समृद्धिमा जोड्दै जाने अभियान निरन्तर रहने सरोकारवालले बताए । पछिल्लो समय बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय गतिविधि चलायमान भएसँगै नेचार गाइडको पनि आयआर्जन बढ्ने नेचरगाइड एसोसियसन बाँके अध्यक्ष भीम डाँगीले बताए ।
तालिममा ३० जना युवायुवती अहिले स्वारोजगार भएको बताइएको छ । कार्यक्रममा मध्यवर्ती क्षेत्रका अध्यक्ष, बाँके राष्ट्रिय निकुन्ज, जेडएसएल नेपाल र इन्रुडेकका प्रतिनिधिको सहभागिता रहेको थियो ।