उपचारको क्रममा कैदीबन्दीको मृत्यु

0 Shares

पर्सा । वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर १२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।

वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए ।

‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ, तर उनको उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।

महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार जरिवाना तोकिएको थियो ।

सम्बन्धित समाचार