0
Shares
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार पेशी तोकिए पनि सुनुवाइ हुन सकेन ।
लामिछाने संलग्न बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पेशी तोके पनि सुनुवाइ गर्न नसकेको हो । न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
तर, इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीप पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेसँगै पीडित भनिएकी किशोरी गौशाला २६ पनि सोही अदालतमा पुगेकी छन् । उनको मुद्दामा समेत अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।