0
Shares
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान बस्दै छ ।
प्रचार तथा प्रकाशन विभागका अनुसार महाधिवेशन आउन दुई दिन बाँकी हुँदा हालसम्मका तयारीसँगै अब गर्नैपर्ने कामबारे छलफल गर्ने तयारी भएको हो ।
मूल समितिको संयोजक महासचिव शंकर पोखरेल हुन् । सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन् ।
आज १४ वटै समितिका संयोजकहरुले आफ्नोतर्फबाट गरिएको तयारीबारे बैठकमा जानकारी गराउने छन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि छलफल हुने भएको छ ।