काठमाडौं आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते

0 Shares

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका १ स्थित कौडिया पुलबाट तल खसेको छ ।

दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा ३८ जना सवार थिए ।

सम्बन्धित समाचार