0
Shares
काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा वेष्ट इण्डिज ‘ए’विरुद्ध मौका पाएको सागर ढकालले आफूलाई सही सावित गरेका छन् । आजको खेलमा प्लेइङ ११ मा परेका उनले दुई विकेट लिएका छन् ।
तेस्रो ओभरमा बलिङ गर्न गएका ढकालले दुवै जना ओपनरलाई पेभिलियन फर्काएका थिए । यस क्रममा उनले दुई रन दिएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेष्ट इण्डिज ए का कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । त्यसपछि नेपालले पहिला फिल्डिङ गरिरहेको छ ।