काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम मंगलबार रोल्पाबाट सिफारिस भयो । बुधबार फेरि गगनको नाम काठमाडौं चार र धनकुटाबाट समेत नाम सिफारिस भइसकेको छ ।
गगनको नाम रोल्पाबाट सिफारिस भएपछि तरङ्ग पैदा भएको छ । पार्टीका भावी सभापति उम्मेदवारको रुपमा हेरिएका गगनको नाम सिफारिस भएपछि धेरैले अचम्ममा परेका छन् ।
जहाँ तत्कालीन माओवादीको आधार इलाकाको रुपमा हेरिएको रोल्पा कांग्रेस-एमाले जस्ता ठूला पार्टी मिल्दासमेत माओवादीलाई जित्न सक्ने अवस्था छैन । तर, गगनको नाम सिफारिस गरेर उनीमाथि नै ब्याङ्ग्य गरेको हुने नेताहले बताउँछन् ।
यसअघि निर्वाचनमा गगन काठमाडौंमा ४ बाट निर्वाचन लड्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हराइ सकेका थिए । गगनले आफू निकट नेतालाई रास्वपाबाट उठाएर पुनः फिर्ता बोलाएर चुनाव जितेका थिए ।
जेनजी आन्दोलनपछि कांग्रेस पार्टी नै रक्षात्मक अवस्थामा पुगेको छ । गगन पार्टी सभापति भए पनि काठमाडौं ४ बाट समेत उनलाई चुनाव जित्न कठिन हुन सक्ने बताउने गरिएको छ ।