0
Shares
काठमाडौं । नेपालगञ्ज उपमहानगर २ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ ।
अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा सोमबार बेलुका आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताए । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उनले जानकारी दिए ।