0
Shares
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा १३ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले उनीसहित ६ जनाविरुद्ध आदेश जारी गरेको हो । अख्तियारले उनलाई बुधबार पक्राउ गरेको थियो ।