0
Shares
काठमाडौं । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने भएको छ । मोहन वैद्यले नेतृत्व गजुरेललाई हस्तान्तरण गरेपछि आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको पार्टी महासचिव गजुरेलले विज्ञप्ति मार्फत जानकारी गराएका हुन् । संयुक्त मोार्चा मार्फत आन्दोलन उठाएर संयुक्त सरकार बनाउन जोडवल गर्ने बताएको छ ।
अहिलेको संविधान खारेज गरी क्रान्तिकारी संविधान घोषणा गराउन निर्वाचन बहिस्कार गर्नुको विकल्प नरहेको विज्ञप्तिमा जनाएको छ ।
