0
Shares
काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो बिहिबार एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ रहेकोमा आज २ लाख ५२ हजार ४०० रुपैयाँमा झरेको छ ।
तोलाको ७० रूपैयाँले घटेर चाँदीको मूल्य ३ हजार ५५५ रुपैयाँ कायम भएको छ ।