काठमाडौंमा दिनभर आंशिक बदली, देशभरको मौसम कस्तो?

0 Shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौं उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

सम्बन्धित समाचार