अबको महाधिवेशन नेतृत्व चयनको महाधिवेशनः उपमहासचिव गुरुङ

0 Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताए ।

उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदार भने पक्कै रहेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता ओलीलाई फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताएका थिए ।

जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली रहेको गुरुङको भनाइ थियो ।

‘जबज भनेर हिँडेका मान्छे धेरै थिए, ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे, त्यही भएर उनीहरु कोही पनि जबजको उत्तराधिकारी होइनन्,’ उनले भने, ‘जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक विमोचन गरिएको छ । नेता गौतमले पुस्तकमा मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा लेखेको बताए ।

सम्बन्धित समाचार