0
Shares
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ ।
उनको सिभिल अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।
शाहको शरीरमा रगत जाम भएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।