एक सातामै सुनको मूल्यमा भारी गिरावट, चाँदीमा ६५ रुपैयाँले घट्यो

0 Shares

काठमाडौं । नेपाली बजारमा पछिल्लो साता सुनको मूल्यमा प्रतितोला दुई हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारभन्दा यो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा गिरावट भएको हो ।

यो साता छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो साताको शुक्रबार एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि गत साताको तुलनामा दुई हजार १०० रुपैयाँले नै गिरावट भएको छ । यो साता तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
गत साता एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य यो साता प्रतितोला ६५ रुपैयाँले गिरावट आएको छ । गत साता प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । यो साता एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार