कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग राख्दै आएको पक्षले आज विशेष भेला बोलाएको छ ।

केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला आह्वान गरिएको एक नेताले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरले राख्ने भएको हो ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षरसहित लिखित माग गरेका छन् ।

सम्बन्धित समाचार