देउवाको हस्ताक्षरले कांग्रेसभित्र चुलियो विवाद

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर स्वास्थ्य उपचार गर्न सिंगापुर निस्किए । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका सभापति देउवा सहित पत्नी आरजु राणा स्वास्थ्य उपचार गर्न निस्किएपछिआन्दोलनको भावना बमोजिम देउवाले सदाका लागि राजनीतिबाट बिदा हुने गरी सभापतिको जिम्मेवारी खड्कालाई दिएको भन्दै धेरैले प्रशंसा गरे ।

सभापति देउवा सहित पत्नी राणा स्वास्थ्य उपचार गरेर कात्तिक २८ गते स्वदेश फर्किएपछि गत आइतबार आफ्नै हस्ताक्षरमा निर्वाचन आयोगमा निवेदन दिएपछि विवाद चुलिएको छ । कार्यवहाक सभापति खड्का हुँदाहुँदै देउवाले आफ्नो हस्ताक्षरमा आयोगमा निवेदन दिएपछि विपक्ष नेताहरू झस्किएका हुन् ।

त्यसपछि कांग्रेस संस्थापन पक्षले देउवाकै हस्ताक्षर लिएर सबै उम्मेदवार निर्वाचनमा जाने ढुक्कको वातावरण बन्ने बताएका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भई सकेकाले समय अभावले महाधिवेशन हुन नसक्ने बताउँदै आएका हुन् । उनीअरुले सभापतिलाई देउवालाई जर्बजस्त गलहत्त्याएर हटाउने खेल खेलिएकाले कुनै हालतले मान्न नसकिने नेताहरूले बताएका छन् । कांग्रेस युवा नेता कल्याण गुरुङ गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत विपक्ष नेताहरूमाथि सामाजिक सञ्जाल मार्फत खनिएका छन् । पार्टीमा एकता कायम गर्नुपर्ने अवस्था रहेको भन्दै उनले सभापति देउवाकै नेतृत्वमा कांग्रेस २१ फागुनको निर्वाचनमा जाने बताएका हुन् । पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ ।

‘पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । कुरो सु स्पष्ट छ । आफैँ विचार गर्नुहोला । भ्रममा नपर्नुहोला ।’

पार्टी महामन्त्री थापाले सोमबार सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो भन्दै प्रश्न आएको भन्दै नयाँ नीति र नेतृत्वसहित चुनावमा जाने बताएका थिए । ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो रु मैले भने– होइन । साथीहरूले फेरि सोध्नुभयो कसरी रु मैले भने– प्रस्ट छ, अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी मंसिर ११ गते बोलाएको छ । उक्त बैठकले विशेष महाधिवेशन वा नियमित महाधिवेशन बारे निर्णय गराउन विपक्ष गठबन्धन लागि परेको छ । त्यसका लागि मंसिर १० गते विपक्ष नेताहरूले आफ्नो छुट्टै भेला बोलाएर छलफल गर्ने तयारी गरेका छन् । देउवाकै हस्ताक्षर लिएर निर्वाचमा गए कांग्रेस सकिने विपक्ष नेताहरुले बताउँदै आएका छन् । महाधिवेसनबाट नयाँ नेतृत्वको हस्ताक्षर लिएर निर्वाचनमा गए जेनजी आन्दोलनको भावना समेत समेटिने विपक्ष नेताहरुले बताउँदै आएका  छन् ।

आगामी मंसिर ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो निर्णय लागु गराउन दबाब बढाउन विपक्षहरुले भेला बोलाएका हुन् । तर, देउवा सहित संस्थापन पक्षका नेताहरू कुनै हालतमा नगल्ने नीति लिएका छन् । यस्तो अवस्थामा कांग्रेसमा महाधिवेशनलाई लिएर वारपारको लडाई हुने विपक्ष नेताहरूले  बताउँदै आएका छन् ।
विधान बमोजिम विशेष महाधिवेशन गर्नुपर्ने
कांगेसको मंसिर ११ गतेको केन्द्रीय कार्यसमिति बैठकमा नाटकीय सहमति जुटेन भने विधानतः कांग्रेस पुस मसान्तभित्र विशेष महाधिवेशनमा जानुपर्ने बाध्यतामा छ । कांग्रेसमा ४० प्रतिशतभन्दा धेरै प्रतिनिधिले विशेष महाधिवेशन माग्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् ।

विधानले यसलाई अस्वीकार गर्न सक्ने ठाउँ छैन । कांग्रेस विधानको दफा १७ ९२० मा लेखिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।’
मंसिरमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको निर्णय नलिए आफैँले महाधिवेशन बोलाउने विकल्पमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले छलफल गरिरहेका छन् । यो समूहले आगामी रणनीति तय गर्न १० मंसिरमा भेला बोलाएको छ ।

एक केन्द्रीय सदस्यले पार्टीले संस्थागत निर्णय नलिए ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष महाधिवेशन हुने र त्यसले नेतृत्व र नीतिबारे निर्णय लिने विकल्पमा छलफल भइरहेको बताए ।

सम्बन्धित समाचार