0
Shares
काठमाडौं । सिन्धुपाल्चोकमा कर्मचारीहरू सवार गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा पाँच पोखरी थाङपाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेलगायत कर्मचारी घाइते भएका हुन् ।
गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको कार टिपेनि बजारनजिकै दुर्घटना हुँदा दुई कर्मचारी गम्भीर भएको प्रहरीले जनाएको छ । बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब एक किलोमिटर तल खस्दा सवार ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा राम प्रसाद न्यौपाने, लक्ष्मण कुईकेल, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेका छन् । घाइतेको स्थानीय पाँचपोखरी थाङपाल टिपेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार प्रमुख प्रशासकीय अधिकृतले चलाएको थिए ।