0
Shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अशोक राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीको पार्टीबीच एउटै चिह्नमा निर्वाचनमा जाने सहमति भएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा उनीहरूले नागरिक उन्मुक्ति पार्टी नेपालले पाएको चुनाव चिह्न जाँतोमा चुनाव लड्ने सहमति भएको हो ।
सहमति पत्रमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौँ ।
साथै, विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरिएको छ ।