0
Shares
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमाथि आक्रमण भएको छ । सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका उनलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले पानी भरेको बेलुनले हानेको थियो ।
उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर महानगर २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।
इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान पुगेका थिए ।