प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाबाट अधिकारी र पराजुली सहभागी हुने

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजे बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य गणेश पराजुली सहभागी हुने भएका छन् ।

प्रवक्ता मनिष झाले सर्वदलीय बैठकमा अधिकारी र पराजुली सहभागी हुने जानकारी दिए । निर्वाचनको वातावरण बनाउने सम्बन्धमा प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

सम्बन्धित समाचार