0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।
योसँगै नेपाल बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढ्दै तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ । बिहीबार एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेको हो ।