राहदानी विभागबाट आठ जना बिचौलिया पक्राउ

0 Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट आठ जना बिचौलिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पाँच जना र सोमबार तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम असुल्दै आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि सोधपुछ भइरहेको छ । पछिल्लो समय राहदानी विभागमा बिचौलियाले बढी हैरानी दिँदै आएका छन् ।

सम्बन्धित समाचार