वन्यजन्तुका लागि कृत्रिम पोखरी बनाएर पानीको व्यवस्था गर्दै

0 Shares

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।

बढ्दो गर्मीसँगै पानीका स्रोत सुकेपछि वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा चालु आवमा छ वटा कृत्रिम पोखरीको व्यवस्था गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले जानकारी दिए ।

निकुञ्जमा रहेका जलाशयमा पानीको सतह घटेपछि हाल छ वटा कृत्रिम पोखरीमा बोरिङ गाडेर पानीको व्यवस्थापन गरिएका र अन्य ठाउँमा पनि पोखरी निर्माणका लागि स्थान छनोट गर्ने काम भइरहेका साहले बताए ।

निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् ।

त्यसरी पानीको खोजीमा हिँडेका जंगली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटनालगायत मानव वन्यजन्तु द्वन्द्वसमेत हुने गरेका छन् ।

सम्बन्धित समाचार