0
Shares
काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको सजाय भएको छ । उनीविरुद्ध चुनावमा बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टीमा हालेर मारेको आरोप थियो ।
सोही मुद्दामा आलमविरुद्ध जिल्ला अदालत रौतहटले जन्मकैद अर्थात २० वर्ष जेल सजाय सुनाएको हो । कांग्रेस नेतासमेत रहेका उनलाई बिहीबार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।