0
Shares
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र लिएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न वाम घटकहरू एकता गरी बनेको नेकपाले शुक्रबार दल दर्ताको प्रमाण पत्र लिएको हो ।
प्रमाण पत्र लिनलाई राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायत नेताहरू आयोगमा पुगेका थिए ।