सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य आज २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा ५०० रुपैयाँ घटेको हो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार