गृहमन्त्री अर्याल एमालेकै हो कि जस्ता लागेको छ- सुदन गुरुङ

0 Shares

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्रीमा रहेका ओमप्रकाश अर्याल एमालेकै जस्तो लाग्न थालेको बताएका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा उनलेले भने, ‘उहाँ (अर्याल) जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नु भएको हो, अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनु भएको छ, जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ ।’

गृहमन्त्री अर्यालले चुनाव मात्र भनिरहेकाले उनीप्रति शंका भएको गुरुङको भनाइ थियो । उनले भने, ‘जेनजीका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छ ?’

उनले जेनजीका माग चुनाव मात्र नभएको बताए । आन्दोलनपछि जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्म मध्यस्थकर्ताको भूमिकामा गृहमन्त्री अर्याल रहेकाले अहिले धोका दिन नमिल्ने गुरुङले बताए ।

सम्बन्धित समाचार