पाँच वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

0 Shares

काठमाडौं । लहानस्थित इलाका प्रहरी कार्यालयले लहान १ मा बसोबास गर्दै आएकी ३४ वर्षीय शिला (परिवर्तित नाम)लाई पक्राउ गरिएको छ । पाँच वर्षीय छोराको हत्या आरोपमा उनलाई पव्रmाउ गरेको हो ।

मंगलबार सबेरै बालक जोडले रोइरहेको स्थानीयले सुने पनि खासै ध्यान दिएनन् । ९ बजेतिर आमा शिलाको अस्वाभाविक गतिविधि देखेर स्थानीयले बिहान रोइरहेको बालकबारे सोधखोज गर्दा हत्या गरेको आशंकामा प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले इलाका प्रहरी कार्यालय लहानमा खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले घरभित्र खोजतलास गर्दा बालक बक्स पलङभित्र मृत फेला परेका थिए । पव्रmाउ परेकी आमालाई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शीला पतिसँग छुट्टिएर सात वर्षदेखि अलग्गै बस्दै आइरहेकी छन् । पाँच वर्षका ती बालक आमासँग बस्दै आएका थिए । जेठो छोरा पिता रमेश साहसँग बस्दै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार