भूकम्पमा ज्यान गुमाउने सम्झनामा बारपाकभित्र सार्वजनिक बिदा

0 Shares

काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

विं.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत भएका नागरिकहरूको सम्मान तथा सम्झनामा बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

आज बारपाक सुलीकोट गाउँपालिकाभित्र सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैंक तथा वित्तीय संस्थामा बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार