यस्तो छ कतारी राजाको कार्यक्रम

0 Shares

काठमाडौं । मित्रराष्ट्र कतारका राजा शेख तमिम विन हमाद अल थानी भोलिसम्म राजकीय भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजा नेपाल भ्रमणमा आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी सीधै विशेष विमानमार्फत नेपाल आइपुगेका हुन् । यस अवसरमा उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

कतारका राजाले राष्ट्रपति रामचन्द्र पौडेलसँग अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता गर्ने छन् । उनीहरूबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भेट गर्ने भएका हुन् ।

राजाका लागि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका राजा थानीबीच भोलि बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा भेटवार्ता गर्ने तालिका रहेको छ । उनीहरूको भेट ४५ मिनेटसम्म हुनेछ ।

भोलि बिहान ११ः२० मा दुई देशबीच विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोगना गरेका छन् ।

दिवाभोजमा सहभागी भएर कतारी राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । कतारका राजा दिउँसो २ बजे कतारको राजधानी दोहा प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार