सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखियो

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदनका लागि मुद्दा दायर गरेका थिए । यस्तै, सरकारी वकिलको कार्यालयबाट पीडित पक्षको तर्फबाट दायर गरेको मुद्दा पनि हेर्न नभ्याएनेमा राखिएको छ ।

सन्दीपको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको थियो । गत वैशाख ३ गते भएको सुनुवाइमा लामिछानेको मुद्दामा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएका थिए ।

उनको मुद्दाको पालो ८ नम्बरमा रहेसँगै दिउँसो साढे तीन बजे सुरु हुनु पर्ने थियो । तर, न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी आजै तोकिने छ ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले बलात्कार पीडित भनेकी गौशाला २६ को जन्म भएको नुवाकोटको तादी गाउँपालिका २ बाट जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

तर, गौशाला २६ को जन्ममिति जिल्ला अदालत काठमाडौंमा नै टुंगिइसकेको थियो । जन्ममितिसँग सम्बन्धित सबै कागजात अदालतमा आइसकेका छन् ।

अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार