0
Shares
काठमाडौं । सचिव मधुकुमार मरासिनीलाई नेपाल सरकारले अर्थ सचिव बनाउने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
पेमगेट्वेसम्बन्धी भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । उनी पहिले पनि अर्थ सचिव बनिसकेका छन् ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित आठ जनालाई सफाइ दिएको थियो ।
उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरी मुद्दा दायर भएको छ ।
हालका अर्थ सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री कार्यालयमा सरुवा भएको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।