0
Shares
काठमाडौं । सरकारले कतारका राष्ट्र प्रमुख आउने भएपछि भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएको जानकारी दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सञ्चार मन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिनका लागि नेपाल भ्रमणमा आउँदै छन् ।
यसअघि पनि विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिँदै आएको थियो ।