आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ ।

गत वैशाख ३ गते भएको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिका २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

तर, गौशाला २६ को जन्ममिति जिल्ला अदालत काठमाडौंमा नै टुंगिएको थियो । जन्ममितिसँग सम्बन्धित सबै कागजात अदालतमा आइसकेका छन् । वडाबाट तिनै कागजात मगाउनुको अर्थ फैसला टार्नु मात्रै रहेको सन्दीपका वकिलहरूको बुझाइ छ ।

अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार