काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका ३ बाघखोरमा खटिएका प्रहरी हवलदारमाथि बञ्चरो प्रहार भएको छ । बञ्चरो प्रहार गरेको गरेको आरोपमा स्थानीय विजय नेपाली भनिने ज्ञानबहादुर दासलाई पव्रmाउ गरिएको छ ।
बाघखोर बजारमा ड्युटीमा खटिएका प्रहरी हवलदार दीपक चौधरीमाथि बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा दासलाई पव्रmाउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बञ्चरो प्रहारबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका प्रहरी हवलदार चौधरीलाई थप उपचारका लागि काठमाडौँ प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार घाइते चौधरी अहिले खतरामुक्त रहेको जनाइएको छ । रौतहटको चन्द्रनिगाहपुर स्थायी घर भएका ४० वर्षीय चौधरी अहिले बाघखोर प्रहरी चौकीमा कार्यरत थिए । काभ्रेको चौँरी देउराली २ घर भई हाल यहाँ बस्दै आएका ५६ वर्षीय दासलाई प्रहरीले पव्रmाउ गरी जिल्ल्ला अदालतमा म्याद थप गरी कारबाही अगाडि बढाएको छ ।