नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउनुपरेको छ : ओली

0 Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउन आवश्यक रहेको बताएका छन्।

आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल दर्ताको विषय देशको इज्जतको विषय रहेको बताउँदै त्यो बुझाउन आवश्यक रहेको बताएका हुन्।

‘सामाजिक सञ्जाल जसले नेपालको कानुन मान्दिन भन्छ, कर तिर्दिन भन्छ, दर्ता हुन्न भन्छ, के राष्ट्रको स्वाभिमान हुन्नरु हाम्रा नवयुवाहरूलाई राष्ट्रको स्वाभिमान हुन्छ भनेर सिकाउन परेको छ,’ उनले भने।

यसमा आफूले अहंकार, घमन्ड गर्यो भन्दा पनि सत्य बोल्ने मान्छे रहेको बताए।

 

सम्बन्धित समाचार